राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबारको घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।
नख्खु कारागारमा रहेका उनले सुझाव-समाधानसहितको विज्ञप्ति जारी गर्दै सोमबारको घटनालाई नेपाली इतिहासको कालो दिन भनेका हुन्।
स्कुले पोशाक लगाएका निर्दोष, निरपराध र अबोध बालबालिकामाथि गोली प्रहार गरिएको भन्दै उनले आफू स्तब्ध र विक्षिप्त भएको बताएका छन्।
'जेनजी र सिंगो देशलाई मेरो अपिल छ, अब आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न,' सभापति रविले भनेका छन्।
कालकोठरीबाटै भए पनि जिम्मेवार राजनीतिक नेताका रूपमा आफूले यो विषम परिस्थितिमा केही समाधान सुझाउनैपर्छ भन्दै उनले चार बुँदे समाधानका सुझाव दिएका छन्।
१) सकेसम्म छिटो जेनजी सहितको अन्तरिम नागरिक सरकार गठन होस्।
२) ०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस्। त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन होस्।
३) आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुर्नलेखनका लागि विज्ञहरूको उच्चस्तरीय समिति बनोस्।
४) आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस्।
उनले रास्वपा सांसदहरूलाई मागहरू पूरा नभए संसदबाट राजीनामा दिनुपर्ने हुनसक्ने भएकाले तयार रहन पनि भनेका छन्।
हेर्नुस् विज्ञप्तिः

