नेपाल बार एसोशिएसनले पेशी स्थगन गर्न सर्वोच्च अदालतलाई अनुरोध गरेको छ।
मंगलबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले मुख्य रजिस्ट्रार विमल पौडेलसमक्ष पेसी स्थगनका लागि अनुरोध गरेका हुन्।
काठमाडौं उपत्यकासहित देशका मुख्य शहरहरूमा कर्फ्यू आदेश जारी भएकाले बहस पैरवी गर्न सम्भव नभएको जानकारी गराउँदै स्थगनका लागि अनुरोध गरिएको छ।
‘कानून व्यवसायी उपस्थित हुन नसकेको अवस्थामा पटक कायम नहुने गरी स्वत: पेसी स्थगित हुने, तारेख नगुज्रिने, हदम्याद ननाघ्ने व्यवस्था गरी सोको परिपत्र समेत गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ।
काठमाडौंमा भएको जेनजी प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गर्दा १७ जनाको मृत्यु भएको छ। त्यस्तै इटहरीमा भएको प्रदर्शनमा पनि दुई जनाको मृत्यु भएको थियो।