ललितपुरको सुनाकोठीस्थित सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
मंगलबार बिहान गुरूङको निजी घरमा तोडफो र आगजनी गरेका हुन्।
‘अलिअलि तोडफोड र आगजनी गरेका छन्। अहिले नियन्त्रणमा आइसकेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी चक्रराज जोशीले भने।
सोमबार दिउँसो बानेश्वरमा १७ जना र इटहरीमा दुई जना गरी १९ जनाको मृत्यु भएको थियो। यसरी ठूलो संख्यामा मानिसको मृत्यु भएपछि प्रदर्शन देशभर चर्किएको छ।