नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासमा ढुंगामुढा भएको छ।
मंगलबार बिहान खुमलटारमा जम्मा भएका प्रदर्शनकारीहरूले प्रचण्ड निवास पुगेर त्यहाँ ढुंगामुढा गरेको ललितपुर प्रहरीले जनाएको छ।
'तोडफोड भएको हो बाँकी विवरण आएको छैन। बुझ्दै छौं,' प्रहरी परिसरका एक अधिकारीले भने।
खुमलटारमा बिहानैदेखि युवाहरूको भिड थियो।
त्यहाँ प्रहरी बिट तोडफोड समेत गरेका थिए।
ललितपुरकै सुनाकोठीमा रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङको घर पनि तोडफोड भएको छ।