वीरगञ्ज महानगरपालिकाको बजार क्षेत्रमा साँझ ६ बजेसम्मका लागि कफ्र्यु लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले बिहान ११ बजेदेखि लागु हुनेगरि कर्फ्यू आदेश जारी गरेका हुन्।
‘बिहानको ११ः०० बजे देखि साँझ ६ः०० बजेसम्मका लागि उक्त कर्फ्यू आदेशको समयावधि थप गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी सुवेदीले जारी गरेको आदेशमा उल्लेख छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जारी कर्फ्यू आदेशमा वीरगञ्ज महानगरपालिकाको बजार क्षेत्रको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट कर्फ्यू लगाइएको प्रजिअ सुवेदीले जानकारी दिए।
कर्फ्यू लगाइएको स्थानहरूमा आवतजावत गर्न, कुनैपनि प्रकारको भेला जुलुस, प्रदर्शन सभा,बैठक र घेराउ गर्न रोक लगाएको छ।
तर कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।