झापा बिर्तामोडस्थित नेकपा एमालेको पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
मंगलबार बिहान पार्टी कायालयमा आगजनी भएको हो।
प्रदर्शनकारीहरूले ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन्।
सोमबार जेनजी आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा १९ जनाको ज्यान गएको थियो। दुई जना युवाको इटहरीमा मृत्यु भएको थियो।
काठमाडौंसहित देशका विभिन्न जिल्लामा कर्फ्यू आदेश जारी गरेपनि प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।