झापाको बिर्तामोडमा तीन जना आन्दोलनकारी प्रहरीको गोली लागेर घाइते भएका छन्।
बिर्तामोडस्थित पूर्व पश्चिम राजमार्गभन्दा दक्षिणतिर रहेको इलाका प्रहरी कार्यालयतिर अघि बढेका प्रदर्शनकारीहरूलाई प्रहरीले गोली प्रहार गरेको थियो।
घटनामा तीन जना घाइते भएको एक जना प्रहरीले जानकारी दिए।
बिर्तामोडसहित झापाका विभिन्न सहरमा प्रदर्शन जारी छ।