नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने बताएका छन्।
सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै गच्छदारले विशेष महाधिवेशनमा भने जान नहुने बताए।
‘महाधिवेशनका विषयमा विवाद गर्ने होइन, एकताबद्ध भएर निर्णय गरौं,’ गच्छदारले भने, ‘विशेष महाधिवेशनमा जान हुन्न। बरू नियमित महाधिवेशनमा जानुपर्छ, पुसभित्रै नियमित महाधिवेशन गर्न सकिन्छ।’
उनले सहमतिपूर्वक नै केन्द्रीय समितिबाट नियमित महाधिवेशन तिथिमिति ल्याउनुपर्ने बताए। ‘पुसभित्र महाधिवेशन गर्ने गरी सहमतिमै कार्यतालिका बनाऔं,’ उनको भनाइ छ।