नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले कुनै पनि विषयमा आनन्द, प्रतिशोध वा पूर्वाग्रह राखेर नभई न्याय, सत्य र जबाफदेहिताका लागि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।
उनले विधिको शासन र निष्पक्षताको पक्षमा आफूहरू रहेको उल्लेख गर्दै बिचौलियाहरू पनि राज्यकै नियमन र नियन्त्रणभित्र हुनुपर्ने बताएका हुन्।
भण्डारीले सम्बन्धित निकायलाई दिएको जिम्मेवारी पूरा गरी परिणाम दिन आग्रह गर्दै विषयान्तर गरेर जिम्मेवारीबाट पन्छिन नहुने बताएका छन्।
‘छानबिन गर। प्रश्न आनन्द, प्रतिशोध वा पूर्वाग्रहका लागि होइन—न्याय, सत्य र जबाफदेहिताका लागि हो। हामी विधिको शासन र निष्पक्षताको पक्षमा छौँ। बिचौलिया पनि राज्यकै नियमन र नियन्त्रणभित्र छन्। दिएको जिम्मेवारी पूरा गर, परिणाम देऊ; विषयान्तर होइन,’ उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।