लम्कीचुहा नगरपालिका नगर युवा परिषद्को कार्यकारी उपाध्यक्षमा हिमाल विष्ट नियुक्त भएका छन्।
युवा परिषद् गठन तथा सञ्चालन कार्यविधि, २०८२ को दफा (३) को उपदफा (२) खण्ड (ख) बमोजिम नगर प्रमुख सुशीला शाहीले विष्टलाई कार्यकारी उपाध्यक्षमा नियुक्त गरेकी हुन्।
विष्ट युथ फर चेन्जका संस्थापक अध्यक्ष हुन्।
कार्यकारी उपाध्यक्षका रूपमा उनले युवाको सीप विकास, उद्यमशीलता प्रवर्द्धन, अवसर–केन्द्रित कार्यक्रम र स्थानीय तहको नीतिनिर्माणमा युवाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने प्राथमिकता राखेको उल्लेख गरेका छन्।
उनी लम्कीचुहा–२ भल्काका हुन्।