तानसेन बाट करिब ३ किलोमिटर उकालोमा अवस्थित बतासेडाँडा आन्तरिक पर्यटकको प्रमुखमध्येको गन्तव्य बनेको छ।
मौसम खुलेको दिनमा यहाँबाट पश्चिमतर्फका काञ्जिरोवा हिमालदेखि पूर्वतर्फ जुगल हिमालसम्म फैलिएको विशाल हिमशृङ्खला हेर्न सकिन्छ। करिब ५० भन्दा बढी हिमशिखरहरू यस ठाउँबाट देखिन्छन्।
पश्चिमतर्फ काञ्जिरोवा रेंजका हिउँचुली पाटन र काञ्जिरोवा हिमाल; त्यसपछि धौलागिरी शृङ्खलाका पुथा हिउँचुली, चुरेन, धौलागिरी १ देखि ६ सम्म तथा टुकुचे हिमाल स्पष्ट देखिन्छन्।
मध्यभागतर्फ अन्नपूर्ण शृङ्खलाका निलगिरिदेखि तिलिचो, वराहशिखर, अन्नपूर्ण १, दक्षिण, हिमचुली, खाङसार काङ, तारे काङ, गंगापूर्ण, अन्न ३, माछापुच्छ्रे, अन्न ४, अन्न २ र लमजुङ हिमाल सुन्दर रूपमा देखापर्छन्।
त्यसैगरी मानसीरी शृङ्खलाका मनास्लु, ङादी चुली, हिमालचुली; गणेश हिमालका गणेश २, पविल, सलासुङ्गो; लाङटाङ क्षेत्रको लाङटाङ लिरुङ् तथा जुगल हिमाल क्षेत्रका केही शिखरहरू पनि दृश्यमा समेटिन्छन्।
स्थानीयका भनाइअनुसार २००० सालअगाडि यहाँबाट हिमशृङ्खला अझै प्रस्ट देखिन्थ्यो। यद्यपि आज पनि बादलरहित दिनमा बतासेडाँडा पुगेको जो कोहीका लागि यो दृश्य जीवनभर याद रहने बन्छ।
तस्बिरहरूः
-ink-1763178106.jpeg)
-ink-1763178106.jpeg)
-ink-1763178105.jpeg)
-ink-1763178105.jpeg)
-ink-1763178105.jpeg)
-ink-1763178104.jpeg)
-ink-1763178104.jpeg)
-ink-1763178104.jpeg)
-ink-1763178104.jpeg)
-ink-1763178102.jpeg)
-ink-1763178102.jpeg)
-ink-1763178103.jpeg)
-ink-1763178103.jpeg)
-ink-1763178103.jpeg)
-ink-1763178102.jpeg)
-ink-1763178102.jpeg)
तस्बिरहरूः मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी