नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा आगामी मंसिर १७ गते बुधवार सो सभा आयोजना गर्ने जानकारी गराइएको हो।
काठमाडौंको प्रज्ञा भवनमा सो सभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले बताए।
घोषणा सभाको प्रमुख वक्ता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ रहनेछ।
घोषणामा सभामा पार्टीको दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रुपमा सार्वजनिक गरिने पनि प्रवक्ता थापाले बताए।
'सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रुपमा सार्वजनिक गरिनेछ । जसमा पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजनालाई स्पष्ट रुपमा प्रस्तुत गरिनेछ। सार्वजनिक गरिनेछ,' उनले भने।
पत्रकार सम्मेलनमा नेताहरुले सो पार्टीले लोकतान्त्रिक समाजवादलाई अंगिकार गरेर अघि बढ्ने बताएका छन् ।
प्रवक्ता थापाले सबै पार्टीको राम्रा पक्षलाई आत्मासात गरेर अघि बढ्ने योजना आफूहरुको रहेको बताए।
उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा भने दर्ता भइसकेको छ। –न्युज एजेन्सी नेपाल