नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
शुक्रबार बनस्थलीस्थित पार्टी कार्यालयमा हुने कार्यक्रममा पोखरेलले पार्टीमा प्रवेश गरेका हुन्।
उनलाई अनुशासन आयोगमा जिम्मेवारी दिने रास्वपाको तयारी छ।
पोखरेल २०७७ मंसिर २५ गते एआइजी भएर २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए।
त्यसबेला तेस्रो वरीयतामा रहेका एआइजी धिरजप्रताप सिंह आइजिपी बनेका थिए। त्यसमा उनको असन्तुष्टि थियो। सरकारले सिंहलाई आइजिपी बनाएपछि उनी सर्वोच्च अदालत पनि पुगेका थिए।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
-1764329883.jpeg)
-1764329883.jpeg)
-1764329881.jpeg)
-1764329881.jpeg)
-1764329879.jpeg)
-1764329879.jpeg)
-1764329878.jpeg)
-1764329878.jpeg)
-1764329878.jpeg)
-1764329878.jpeg)