राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वएआइजी विश्वराज पोखरेललाई अनुशासन आयोगको वरिष्ठ सल्लाहकार नियुक्त गरेको छ।
शुक्रबार बसेको पार्टी सचिवालयको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार पार्टी कोषाध्यक्षमा लिमा अधिकारीको संयोजकत्वमा प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्र सम्मिलित उम्मेदवारहरूलाई सदस्यहरू छनोट गरी अडिट समिति गठन गरिएको जनाइएको छ।
यी हुन् पार्टीका विभिन्न विभागमा छनोट भएकाहरूः
१. विश्वराज पोख्रेल केन्द्रीय अनुशासन आयोग वरिष्ठ सल्लाहकार
२. सुसिला सिंखडा केन्द्रीय अनुशासन आयोग सदस्य
३. डा. जनक राज पन्त केन्द्रीय अभियान प्रचार प्रसार विभाग सदस्य
४. मुक्ति पाण्डे केन्द्रीय पर्यटन तथा संस्कृति विभाग सदस्य
५. राम कुमार पुरी केन्द्रीय पर्यटन तथा संस्कृति विभाग सदस्य
६. कुमार आन्नद मिश्र केन्द्रीय अभियान प्रचार प्रसार विभाग सदस्य
७. प्रदीप तिमल्सेना (साजन) केन्द्रीय संगठन विभाग सदस्य
८. मिन्तिरा लामा केन्द्रीय संगठन विभाग सदस्य
९. पेशल सुवेदी केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग सदस्य
१०. सुनिल खतिवडा केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग सदस्य
११. टक्कर स्वांर केन्द्रीय भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग सदस्य
१२. प्रवेश राई केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभाग सदस्य
१३. हरि श्रेष्ठ केन्द्रीय प्रवास नेपाली सम्पर्क विभाग सदस्य
१४. जानीका जोशी केन्द्रीय जनसम्पर्क विभाग सदस्य
१५. रामकृष्ण श्रेष्ठ केन्द्रीय समन्वय विभाग सदस्य