काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरपालिकाको सूचनाविरूद्ध स्थानीय बासिन्दाले बिहीबार विरोध प्रदर्शन गरेका छन्।
'गैरन्यायिक सडक तथा मापदण्ड पीडित संघर्ष समिति' को ब्यानरमा सडकमा आएका प्रदर्शनकारीले 'फैसला होइन न्याय देऊ' र 'मापदण्डका नाममा जनता विस्थापित गर्न पाइँदैन' जस्ता नारा लगाउँदै प्रदर्शन गरे।
उनीहरूले खोला किनारको थप मापदण्डले हजारौं सर्वसाधारणको उठिबास हुने र वर्षौंदेखि भोगचलन गर्दै आएको जमिनको हक खोसिने बताएका छन्।
यसअघि सर्वोच्च अदालतले खोला किनारबाट थप २० मिटर क्षेत्रमा निर्माण कार्य रोक्न आदेश दिएको थियो।








