काठमाडौं महोत्सव (काठमाडौं विजनेस एक्स्पो २०२६) सुरू भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरू भएको हो। महोत्सव माघ १६ गतेसम्म सञ्चालन हुनेछ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा हुने महोत्सवमा काठमाडौं जिल्लाभित्रका उद्यमी, व्यवसायी, कृषक तथा कलाकारहरूले आफ्ना उत्पादन र सिर्जना प्रदर्शनीमा राख्नेछन्।
आयोजकका अनुसार व्यापार–व्यवसायको उत्थानसँगै कला–संस्कृति र पर्यटन प्रवर्द्धनलाई अभियानकै रूपमा अगाडि बढाउने उद्देश्य महोत्सवको मुख्य उद्धेश्य हो।
काठमाडौं महानगरकी कार्यबाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरेकी छन्।
महोत्सवमा स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विकास, उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क तथा सांस्कृतिक प्रस्तुतिमार्फत पर्यटन आकर्षण बढाउने अपेक्षा गरिएको छ। आयोजकले सर्वसाधारण, व्यवसायी, उद्यमी तथा सरोकारवालालाई महोत्सवमा उपस्थित भई सहभागिता जनाउन अनुरोध गरेका छन्।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न व्यापारिक स्टल, खाद्य परिकार, हस्तकला, सांस्कृतिक कार्यक्रम तथा व्यवसायिक नेटवर्किङका गतिविधि समेटिने जनाइएको छ।
तस्बिरहरूः
-1769586866.jpg)
-1769586866.jpg)
-1769586867.jpg)
-1769586867.jpg)
-1769586868.jpg)
-1769586868.jpg)
-1769586870.jpg)
-1769586870.jpg)
-1769586872.jpg)
-1769586872.jpg)
-1769586873.jpg)
-1769586873.jpg)
-1769586875.jpg)
