नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारलाई छलफलका लागि टुँडिखेल पठाउन तयार रहेको बताएका छन्।
मध्य बानेश्वरमा आज भएको एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले पार्टीले अघि सारेका प्रधानमन्त्री उम्मेदवार सभापति गगन थापालाई टुँडिखेलमा पठाउन तयार रहेको सभापति थापासँग अनुभव, उत्साह र परिपक्वता पनि रहेको बताए।
‘कुनै पनि व्यक्तिलाई प्रधानमन्त्रीका रूपमा मात्र होइन, वडाध्यक्षका रूपमा हेर्नु छ भने पनि उसको पृष्ठभूमि, संस्कार, योग्यता, योगदान र भिजन के हो भनेर हेरिन्छ,’ शर्माले भने, ‘यी सबै कुराका लागि मिडियाका साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूले बोलाउन चाहिरहनुभएको छ। टुँडिखेलमा खडा गर्न परे पूरै ऊर्जाका साथ प्रधानमन्त्रीका उम्मेदवारलाई अरू उम्मेदवारसँग बहसका लागि पठाउन तयार छौं।’
पार्टीले अघि सारेका प्रधानमन्त्रीका उम्मेदवार सभापति थापासँग अनुभव, उत्साह, संयम र धैर्यताका साथै भिजन पनि रहेको उनले बताए।
साथै उनले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले मात्रै उम्मेदवारी दिएको दाबी गरेका थिए।