राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा जाने भएका छन्।
राष्ट्रपति पौडेल माघ १८ गते जापान प्रस्थान गर्ने भएका हुन्।
आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
‘राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई जापान भ्रमण स्वीकृति दिने मन्त्रिपरिषदले निर्णय गरेको छ,’ उनले भने।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष गाँठका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान भ्रमणमा जाने कार्यक्रम छ।
राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कने कार्यक्रम छ।