राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्वास्थ्यमा सुधार आएपछि लामिछाने बिहीबार साँझ टिचिङ अस्पतालबाट डिस्चार्ज भएको अस्पताल व्यवस्थापन अधिकृत सागर पौडेलले जानकारी दिए।
'स्वास्थ्यमा सुधार आएपछि घरमै बसेर आराम गर्ने भन्नुभएपछि डिस्चार्ज हुनुभएको हो,' उनले भने।
लामिछानेको खुट्टामा समस्या आएपछि मंगलबार (माघ १३) भर्ना भएका थिए।
माघ ५ गते जनकपुरको कार्यक्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो। केही दिनको सामान्य उपचार गर्दा निको नभएपछि उनी टिचिङ अस्पताल पुगेको थिए।