आज प्रजातन्त्र दिवस मनाइँदै छ।
७६औं राष्ट्रिय प्रजातन्त्र दिवस बुधबार देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
सरकारले टुँडिखेलको सैनिक मञ्चमा समारोह आयोजना गरी प्रजातन्त्र दिवस मनाउँदै आइरहेको छ।
टुँडिखेलमा हुने कार्यक्रममा राष्ट्रपतिदेखि प्रधानमन्त्री र सरकारका उच्च पदस्थहरूको सहभागी हुँदै आएका छन्।
सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ।
प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई संघर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराएका छन्।
राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट पनि गरेका छन्।