नेपाली कांग्रेसका सभापति गगन थापासँग खुला प्रश्नोत्तर कार्यक्रम सुरू भएको छ।
कांग्रेसले आगामी चुनावी प्रतिज्ञापत्रमा समेटिएको विषयबारे सभापति थापासँग खुला प्रश्नोत्तर राखेको हो।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहममा कार्यक्रम सुरू भएको छ।
कार्यक्रममा सभापति थापाले सहभागीहरूबाट प्रश्न सुन्नेछन् र त्यसको जबाफ दिनेछन्।
त्यस्तै विदेशमा रहनेले पनि सोधेका प्रश्नहरुको जबाफ सभापति थापाले दिनेछन्।