राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट वाचापत्र घोषणा सभा गरेको छ।
रास्वपाले १०० बुँदे वाचापत्र सार्वजनिक गरेको हो।
सुर्खेतको घन्टाघरमा आयोजित कार्यक्रममार्फत पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै १०० प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
रास्वपाले भ्रष्टाचार नियन्त्रण, सरकारी सेवामा डिजिटल प्रणालीको विस्तार, युवालाई उद्यमशीलतामा प्रोत्साहन, स्थानीय उत्पादनको बजारीकरण र कर्णालीमा विशेष पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
पार्टीका नेताहरूले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैलीमा काम गर्ने दाबी गर्दै वाचापत्र कार्यान्वयनका लागि समयसीमा र अनुगमन संयन्त्रसमेत बनाइने बताएका छन्।
तस्बिरहरू:
-1771496987.jpeg)
-1771496987.jpeg)
-1771496985.jpeg)
-1771496986.jpeg)
-1771496984.jpeg)
-1771496984.jpeg)
-1771496985.jpeg)
-1771496983.jpeg)
-1771496983.jpeg)
-1771496983.jpeg)
-1771496984.jpeg)