राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वोच्च अदालत र उच्च अदालतमा मेरिटोक्रेसीका आधारमा न्यायाधीश नियुक्ति गर्ने वाचा गरेको छ।
बिहीबार कर्णालीको सुर्खेतबाट आगामी निर्वाचनका लागि १०० वाचा सार्वजनिक गर्दै रास्वपाले अदालतका न्यायाधीश नियुक्ति प्रक्रियामा दलगत प्रभाव, आन्तरिक प्रतिस्पर्धाको अभाव तथा भागबन्डा आधारित सिफारिस जस्ता प्रवृत्तिको अन्त्य गर्ने वाचा गरेको हो।
'मेरिटोक्रेसी र प्रतिस्पर्धात्मक प्रणालीमा आधारित नीतिगत व्यवस्था अबलम्बन गर्नेछौं। योग्यताक्रममा आधारमा छनोट भएका व्यक्तिहरूलाई उच्च अदालत तथा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् समक्ष सिफारिस गर्ने व्यवस्था गर्नेछौं,' वाचा पत्रमा भनिएको छ।
साथै प्रचलित कानुन र संविधानको मर्मअनुसार आरक्षण तथा समावेशीताको व्यवस्था सुनिश्चित गर्ने वाचा गरेको छ।
नागरिकलाई न्यायियक पारदर्शिताको प्रत्यक्ष अनुभव गराउन अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने विकल्पबारे अध्ययन गरी उचित प्रबन्ध मिलाउने वाचा गरेको छ।