नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टिका वरिष्ठ नेता बालेन शाहलाई कटाक्ष गर्दै कसैलाई घोक्राएर सडक छिटो नबन्ने बताएका छन्।
राष्ट्रिय सभागृहमा बिहीबार भएको प्रतिज्ञा सभामा बोल्दै सभापति थापाले भने, ‘सडक समयमा नबनाउनेलाई ठोक्दिन्छु घोक्राइदिन्छु भनेर कोही बोलेको मैले सुन्या थिएँ। कसैलाई घोक्राएर सडक समयमा बन्दैन। सडक समयमा बनाउनका लागि ४१ वटा कानुन संसोधन गरेर यसलाई बदल्नुपर्नेरहेछ।'
धनगढीमा बुधबार आयोजित सभामा वरिष्ठ नेता बालेन शाहले समयमा सडक नबनाउनेलाई रूखमा बाँधेर हुन्छ कि खोरमा जाकेर बाटो बन्नुपर्यो भनेका थिए।
'खल्तीमा पैसा नभएका विपन्नले शिक्षा पाउनु पर्यो यो हो हाम्रो एजेन्डा। विपन्न गरिबले स्वास्थ्योपचार पाउनुपर्यो त्यो हो हाम्रो एजेन्डा । २ वर्षमा बन्नुपर्ने सडक २० वर्षसम्म बन्दैन। त्यो डेढ वर्षमा बन्नुपर्यो त्यो हो हाम्रो एजेन्डा। रूखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुपर्यो,' उनले भनेका थिए।
सोही कुरामा थापाले कटाक्ष गरेका हुन्।
यो पनिः बालेनले धनगढी सभामा जम्मा तीन मिनेट बोले, के भने? (भिडिओ)