नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि २०० पृष्ठ लामो घोषणा पत्र ल्याएको छ।
कांग्रेसले चुनावी घोषणापत्रलाई प्रतिज्ञा पत्र भनेर सार्वजनिक गरेको थियो। फागुन ६ गते जनकपुरको सभामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गरेका थिए।
बिहीबार राष्ट्रिय सभामा त्यसबारे प्रश्नोत्तरपछि कांग्रेसले प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गरेको हो।
प्रतिज्ञापत्रमा कांग्रेसले भिजन १० समावेश गरेको छ ।
ती भिजन १० का विषय बुधबार जनकपुरको तिरहुतियामा आयोजित मधेस सभामा सार्वजनिक गरिससकिएको छ ।
उक्त प्रतिज्ञा पत्रमा भिजन १०, अबको नेपाल, सुशासित नेपाल, हाम्रो अर्थतन्र उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र, युवा शक्ति, रोजगारी, सीप र श्रमलगायतका आधारभूत क्षेत्रहरू समेटिएका छन् ।
यसैगरी वैदेशिक रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, गरिबी निवारण, सामाजिक सुरक्षा, दिगो भौतिक पूरु्वाधार, व्यवस्थित गाउँ सहर, प्राकृतिक स्रोत, भूउपयोग, खानी तथा खनिज पदार्थ, पर्याप्त ऊर्जा दिगो पूर्वाधार, दूरसञ्चार,सूचना प्रसारण, सूचना प्रविधि र डिजिटल रुपान्तरण, समावेशी, सुरक्षित र डिजिटल नेपाल समेटिएका छन् ।
त्यसैगरी पर्यटन, सहकारी लघुवित्त, वातावरण संरक्षण र जलवायु परिवर्तन, विपद् व्यवस्थापन, सामाजिक न्याय, समावेशीता र समावेशी विकास, नेपाली डायस्पोरा अटुट समन्ध , विस्तारित नेपाल, हाम्रो सभ्यता, संस्कृति, खेलकुद, संविधानको संस्थागत विकास र सिंघीयताको सबलीकरण तथा यी योजनाहरू कसरी कार्यान्वयन गर्छौ भनेर अनितमममा निष्कर्ष राखिएको छ।
पूर्णपाठ-