राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार संकल्प यात्रा गर्दैछन्।
शनिबार बिहान देखि निर्वाचन केन्द्रित रूपन्देहीका तीन वटा निर्वाचन क्षेत्रमा संकल्प यात्रा गरिरहेका छन्।
उनी शनिबार नै नवलपरासी क्षेत्र २ मा पनि पुगेका छन्। नवलरासी-२ मा राप्रपाका ध्रुवबहादुर प्रधान उम्मेदवार छन्।
त्यस्तै, त्यहाँबाट उनी रूपन्देही पुगेका हुन्।
रूपन्देहीको क्षेत्र नम्बर १ मा देवदह, खैरेनी, सितलनगर, भवनीयापुर, सिक्टन-शंकरापुर, धकधई, पटखौली, सग्रहवा, कान्छी बजार र मंगलापुर-मणिग्राम पुग्ने कार्यक्रम छ।
खैरेनी र धकधईमा कोण सभा समेत गर्ने कार्यक्रम छ।
त्यहाँबाट उनी रूपन्देही क्षेत्र नम्बर २ को बुटवल र मुर्गिया सैनामैनामा पुग्ने कार्यक्रम छ।
अन्तिममा साँझ रूपन्देही क्षेत्र नम्बर ५ को रामापुर कोलोनीमा कोण सभा छ।
