गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलन क्रममा भदौ २४ गते कारागारबाट भागेका कैदी र लुटिएका हतियार अब सुरक्षा चुनौतीको रूपमा नभएको बताएका छन्।
रासससँग अन्तर्वार्तामा गृहमन्त्री अर्यालले फरार कैदी र लुटिएका हतियार निर्वाचनका लागि सुरुक्षा चुनौतीका रूपमा नरहेको बताएका हुन्।
'गत भदौको जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी एवं लुटिएका हतियारहरु अब सुरक्षा चुनौतीका रुपमा छैनन् भनेर स्पष्ट गर्न चाहन्छु । धेरैजसो हतियार र भागेका कैदीबन्दी हामीले फिर्ता गरिसकेका छौं,' उनले भने।
भागेका कैदी हरूलाई कारागारमै फिर्ता ल्याउनका लागि प्रहरी र सम्बन्धित निकायहरूबाट अझै बढी मेहनतका साथ काम भइरहेको पनि गृहमन्त्री अर्यालले बताएका छन्।
'भागेकाहरुले बाहिर गएर फेरि अपराध गरेका तथा ती हतियार प्रयोग गरेका सूचना अहिले आएको छैन । त्यसैले अब त्यस खालको असुरक्षाको कुनै भय छैन,' उनले भने।