आसन्न प्रतिनिधिसभाको निर्वाचन (फागुन २१) सम्बन्धी विषयवस्तुमा केन्द्रित रहि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ।
केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चार वटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति छ।
बैठकमा विशेषगरी देशका विभिन्न भागमा भइरहेका पछिल्ला गतिविधि, निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको छ।
उपयुक्त विषयमा छलफल भई आवश्यक निर्णय हुने मन्त्रालयले जनाएको छ।