राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह झापा पुगेका छन्।
विभिन्न जिल्ला र काठमाडौं उपत्यकामा रास्वपाको चुनावी अभियान सकेर बालेन आइतबार झापा पुगेका हुन्।
झापा-५ मा उनी उम्मेदवार छन्। यसपालि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनी प्रतिस्पर्धामा छन्।
शनिबारसम्म रास्वपा सभापति रवि लामिछानेसँगै उनी चुनावी प्रचारमा हिँडेका थिए।
आइतबार झापा पुग्दा उनलाई स्वागत गर्न मानिसहरूको भिड लागेको थियो।
चोक चोकमा उनका समर्थकहरू जम्मा भएका थिए । उनीहरूले बालेन र रास्वपाको पक्षमा नाराबाजी गरेका थिए।
तस्बिरहरूः
-1772370118.jpeg)
-1772370115.jpeg)
-1772370115.jpeg)
-1772370112.jpeg)
-1772370113.jpeg)
-1772370113.jpeg)
-1772370113.jpeg)
-1772370112.jpeg)
-1772370117.jpeg)
-1772370116.jpeg)
-1772370117.jpeg)
तस्बिर : आकाश पौडेल / नेपाल फोटो लाइब्रेरी