निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ परेका छन्।
फागुन २१ गते हुने निर्वाचन बिथोल्न विभिन्न गतिविधि गरेको आरोपमा प्रहरीले देशभरिबाट १४२ जनालाई पक्राउ गरेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार पक्राउ परेकामध्ये ७६ जना प्रहरी हिरासतमा छन्।
पक्राउ परेकामध्ये ६६ जना छुटिसकेका छन्।
१८ गते मात्रै विभिन्न ठाउँबाट ९ जना पक्राउ परेका थिए।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको डिआइजी काफ्लेले जानकारी दिए।