सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ।
मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले प्रसाईंलाई २४ घण्टाभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जबाफ पेस गरी बन्दीलाई उपस्थित गराउन आदेश दिएको हो।
‘...म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जबाफ पेस गरी बन्दीसहित उपस्थित हुनु भनी आदेश,’ आदेशमा भनिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले प्रसाईंलाई निर्वाचन भड्काउन खोजेको भन्दै सार्वजनिक शान्तिविरूद्धको कसुरमा पक्राउ गरेको थियो।
उनलाई पक्राउ गरेपछि प्रसाईं बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका हुन्।
विपक्षीका नाममा कारण देखाउ आदेश गर्दा सर्वोच्चले अनुसन्धानको सक्कल मिसिल समेत झिकाउन भनेको छ।