निर्वाचन आयोगले ३ हजार ६ सय ८० वटा मतदान केन्द्र अति संवेदनशील रहेको जनाएको छ।
बुधबार पत्रकार सम्मेलनमार्फत आयोगका सचिव कृष्णबहादुर राउतले ३ हजार ६८० वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिएका छन्।
उनले ४ हजार ४ सय ४२ वटा संवेदनशील मतदान केन्द्र रहेको पनि बताए।
त्यस्तै २ हजार ८ सय ४५ वटा मतदान केन्द्र सामान्य मतदान केन्द्र रहेको बताएका छन्।
गृह मन्त्रालयले अहिले एकीकृत सुरक्षा योजना अन्तर्गत सुरक्षा व्यवस्था मिलाएको बताए।
‘सुरक्षा परिचालन गर्ने हिसाबले यो संवेनदशीलताको वर्गीकरण गरिएको हो। विगतका सुरक्षा विश्लेषण समेतको पनि हेरेर विश्लेषण गरिएको छ। यसलाई अन्यथा नलिइदिनु,’ उनले भने।
उनका अनुसार सुरक्षा प्रबन्ध मिलाउन तीन वटा घेरामा सुरक्षा प्रबन्ध मिलाइनेछ।
बाहिरी घेरामा नेपाली सेना, बीचमा सशस्त्र प्रहरी बल र भित्र नेपाल प्रहरी रहने व्यवस्था छ।