नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मनदान गरेका छन्।
विप्लवले रोल्पाको परिवर्तन गाउँपालिका –३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन ।
विप्लवको सचिवालयका नारायण चन्दका अनुसार यसअघि विप्लवले २०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका थिए। त्यसयता उनले कहिलै मतदान गरेका थिएनन्।
अघिल्लो निर्वाचन बहिस्कार गर्दै आएको उनको पार्टीले यसपालि भने चुनावमा भाग लिएको छ।
यो निर्वाचनमा विप्लवपनि सहभागी छ।
निर्वाचन आयोगमा दलदर्ता गरि नेकपा (माओवादी) आधिकारिक रूपमा पहिलो पटक निर्वाचनमा सहभागी भएको हो।
रोल्पामा नेकपा (माओवादी) बाट रोल्पामा चुडामणि वली (आर्दश)लाई उम्मेदवार छन्।
आदर्शले जिल्लाकै गंगादेव गाउँपालिका– ३ नाउली मतदान केन्द्रबाट मतदान गरेका छन्।