नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत दाङ क्षेत्र नं २ मा उम्मेदवारी दिएका एमाले महासचिव पोखरेलले सो विद्यालयको (क) मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेको मतदान अधिकृत अशोक चौधरीले जानकारी दिए।
यसैगरी नेपाली कांग्रेसका तर्फबाट दाङ क्षेत्र नं ३ मा उम्मेदवारी दिएका नेता दीपक गिरीले दंगीशरण गाउँपालिका–४ स्थित बैवाङ आधारभूत विद्यालय मतदान केन्द्र (क) बाट मतदान गरेको मतदान अधिकृत रमेश घिमिरेले जानकारी दिए।