प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान केन्द्रमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ। केही ठाउँमा बाहेकका केन्द्रमा निर्वाध मतदान भइरहेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८२४ मत (करिब १०.१८ प्रतिशत) मत खसेको छ।
आयोगका अनुसार अपराह्न पाँच बजेसम्म मतदान गर्न पाइने छ।
निर्वाचन कार्यालयका अनुसार बिहानैदेखि मतदाता मतदान केन्द्रमा उपस्थित भई शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन्।
केही स्थानमा सामान्य भीड देखिए पनि मतदान प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाइएको छ।
सुरक्षा व्यवस्था कडा पारिएको र कुनै अप्रिय घटना नघटेको बताइएको छ।