दाङमा ५८.३३ प्रतिशत मतदान भएको छ।
बिहीबार भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा चार लाख ३१ हजार ६ सय ८६ मतदाता थिए। तीमध्ये दुई लाख ५१ हजार आठ सय १९ जनाले मतदानमा भाग लिए।
दाङको निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ४० हजार एक मतदाता थिए। यहाँ ८० हजार नौ सय २० मत खस्यो जुन ५७.८० प्रतिशत हो।
निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ४० हजार नौ सय ६५ मतदाता थिए। यहाँ ८२ हजार ६ सय २६ जनाले मतदान गरे। यो ५८.६१ प्रतिशत हो।
निर्वाचन क्षेत्र नम्बर ३ मा एक लाख ५० हजार सात सय २० मतदाता थिए। यहाँ ८८ हजार दुई सय ७३ मत खस्यो।
यो क्षेत्रमा ५८.५७ प्रतिशत मतदान भयो।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले जिल्लामा कुल ५८.३३ प्रतिशत मतदान भएको बताए।
मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको सूचना अधिकारी कँवरले जानकारी दिए।