बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देहीमा ६५.८७ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका अनुसार ५ वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा कुल ६ लाख ७२ हजार ५२३ मतदाता छन्। यहाँ ४ लाख ४२ हजार ९६३ मत खसेको छ।
कार्यालय प्रमुख कल्पना अर्यालले क्षेत्र नम्बर १ मा ९७ हजार २ सय ११ मत खसेको जानकारी दिइन्। क्षेत्र नम्बर १ मा १ लाख ४६ हजार ८ सय २४ मतदाता थिए।
त्यस्तै क्षेत्र नम्बर २ मा १ लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ७१५ मत खसेको छ।
क्षेत्र नम्बर ३ मा १ लाख ४० हजार ३५ मतदाता रहेकामा ९७ हजार ३८७ मत खसेको छ।
क्षेत्र नम्बर ४ मा १ लाख १६ हजार १ सय ७२ मतदातामध्ये ७६ हजार ८१२ मत खसेको छ। क्षेत्र नम्बर ५ मा १ लाख ३४ हजार ४४२ मतदाता रहेकामा ८४ हजार ८३८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार अहिले सबै मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलमा ल्याई मतगणनाको तयारी गरिएको छ।