काठमाडौं क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शनाले प्रारम्भिक अग्रता लिएकी छन्।
बिहीबार सम्पन्न निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार रन्जुले १ हजार ३ सय २७ ल्याएकी छन्।
नेपालकी कांग्रेसका प्रवल थापाले १ हजार ८९ ल्याएर दोस्रो स्थानमा छन्।
काठमाडौं-१ को मतगणना नयाँ बानेश्वरस्थित सहकारी विभागको भवनमा मतगणना भइरहेको छ।
यो क्षेत्रमा काठमाडौं महानगरभित्रका वडा नम्बर १०, ११, २९ र ३१ पर्छन्।