काठमाडौं क्षेत्र १० को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।
दक्षिणकाली नगरपालिका-१ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई हजार मतले पछि पारेका छन्।
उनले १ हजार २४६ मत ल्याएको अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले २ सय ४६ मत ल्याएका छन्।
यहाँ एमालेका उम्मेदवारले हालसम्म १ सय ६७ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीकी रूपा महर्जनले २८ मत पाएकी छन्।