भक्तपुर क्षेत्र नम्बर २ मा एमालेका महेश बस्नेतले प्रारम्भिक अग्रता लिएका छन्।
बिहीबार सम्पन्न चुनावको प्रारम्भिक मतगणनामा बस्नेतले २ सय ४२ मत ल्याएको निर्वाचन अधिकृत राधिका सुवालले जानकारी दिइन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले २ सय १८ मतले पछ्याएका छन्।
यो क्षेत्रमा नेपाली कांग्रेसका कविर राणाको ३२ मत आएको छ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले २२ मत ल्याएका छन्। नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटाले अहिलेसम्म एक मत ल्याएका छन्।