कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रश्मी आचार्यले सुरूआती अग्रता लिएका छन्।
अहिलेसम्म १००६ मत गणना गर्दा आचार्यले ५०२ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उत्तम पौडेलले ३०१ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार माधव बास्तोलाले २०३ मत पाएका छन् ।
बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना गर्दा कास्की–२ मा पर्ने पोखरा महानगरपालिका वडा नम्बर ३३ बाट सुरू गरिएको थियो। उक्त वडा एमाले उम्मेदवार अचार्यको गाउँ पर्छ। यस क्षेत्रमा पोखरा महानगरका ११ वटा वडा समेटिएका छन्।