काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले सुरूआती अग्रता लिएका छन्।
जारी मतगणनामा अहिलेसम्म ७२१ मत ल्याएर गणेशले अग्रता लिएका छन्।
त्यस्तै नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले १६६ मत पाएका छन्।
नेकपा एमालेका प्रकाश श्रेष्ठले १३४ मत र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वसन्त प्रसाद मानन्धरले १०२ मत पाएका छन्।