काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठले फराकिलो सुरूआती अग्रता कायमै राखेका छन्।
निर्वाचन अधिकृत सम्झना खनालका अनुसार अहिलेसम्म ४८२५ मत गन्दा विराजभक्तले ३२९० मत प्राप्त गरेका छन्।
विराजभक्तको तुलनामा उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सपना राजभण्डारी धेरै नै पछाडि छिन्। उनले ३४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत खनालले जानकारी दिइन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमिले ३४८ मत ल्याएका छन्। नेकपा एमालेका राजेश शाक्यले २३१ मत ल्याएका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवीन शाहीले २३६ मत प्राप्त गरेका छन्।