झापा निर्वाचन क्षेत्र नम्बर ५ मा शुक्रबार बिहान ३ बजेबाट मतगणना सुरू भएको छ।
बिहीबार राति बसेको सर्वदलीय बैठकले मतगणना २ बजे सुरू गर्ने निर्णय गरे पनि एक घन्टा ढिलो सुरू भएको निर्वाचन अधिकृत विदुरकुमार कार्कीले जानकारी दिए।
उनका अनुसार यहाँ १ लाख ६ हजार ३७२ जनाले मतदान गरेका छन्।
यो क्षेत्रमा नेकपा एमालेका केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन शाह, नेपाली कांग्रेसकी मन्धरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लक्ष्मीप्रसाद संग्रौला, जनता समाजवादी पार्टी (जसपा) का धिरेन सुब्बा, जनमत पार्टीका अमृतलाल महतो, श्रम संस्कृति पार्टीका समीर तामाङ लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।
झापा–५ निर्वाचन क्षेत्रमा दमक नगरपालिकाका १ देखि १० नम्बर वडा छन् भने गौरादह नगरपालिकाका १ देखि ८ नम्बर वडा, गौरीगञ्ज नगरपालिकाका ३ देखि ६ नम्बर वडा र कमल गाउँपालिकाका १ देखि ७ नम्बर वडा पर्छन्।