कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा ९३ मत गन्दा रास्वपाकी उम्मेदवार बिना गुरूङले सुरूआती अग्रता लिएकी छन्।
बिनाले ४२ मत पाएर सुरूआती अग्रता लिँदा कांग्रेस उम्मेदवार मनोज गुरूङले २९ मत, एमालेका दामोदर पौडेल 'बैरागी' ले ९ मत र नेकपाका प्रेम पौडेलले २ मत पाएका छन्।
उक्त क्षेत्रमा ९३ मत गन्दा अन्य उम्मेदवारले ४ मत पाएका छन् भने ७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कास्की–३ मा पोखरा महानगरपालिकाको ११ वटा वडा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका पर्छ।