कास्की–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गनेस पौडेलले सुरूआती अग्रता लिएका छन्।
उक्त निर्वाचन क्षेत्रको ७५२ मत गणना गर्दा पौडेलले ३९८ मत पाएर अग्रता लिएका हुन्। उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार तिलक रानाभाटले १५६ मत पाएका छन् भने एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले १४६ मत पाएका छन्।
पोखरा महानगरपालिकाको ११ वटा वडा, रुपा गाउँपालिका र मादी गाउँपालिका कास्की–१ मा पर्छ। अहिले रूपा गाउँपालिकाको मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।