ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले प्रारम्भिक अग्रता लिएकी छन्।
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम आइसकेको मुख्य निर्वचन अधिकृत पुनाराम खनालले जानकारी दिए।
उनका अनुसार अहिलेसम्म रास्वपाकी तोसिमा कार्कीले ६९६ मत पाएकी छन्।
त्यस्तै नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १०२, नेकपा एमालेका सन्दन थापाले २५, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले २५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन कुमार खड्काले २४ मत ल्याएका छन्।
यस क्षेत्रमा ललितपुर महानगरपालिकाका २० वटा वडा समेटिएका छन्। गोदावरी नगरपालिकाको १२ र १४ गरी दुइटा वडा पर्छन्। यहाँ १ लाख २ हजार ४३७ मतदाता छन्।