चितवन निर्वाचन क्षेत्र–२ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले सुरूआती अग्रता लिएका छन्।
रास्वपाका उम्मेदवार रवि लामिछाने उनीभन्दा सय मतले पछि छन्।
निर्वाचन अधिकृत केदारनाथ पौडेलका अनुसार हालसम्म ९६५ मतगणना भएको छ। यसमध्ये नेकपा एमाले अस्मिनले ३२५ मत पाएका छन्। रास्वपाका रविले २१२ मत पाएका छन् भने कांग्रेसकी मिना खरेलले १४५ मत पाएकी छन्।
‘अहिलेसम्म नेकपा एमालेका उम्मेदवार पहिलो स्थानमा छन्,’ निर्वाचन अधिकृत केदारनाथले भने।