काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुली प्रतिस्पर्धीभन्दा १२ सय मतले अगाडि छन्।
मतगणनाको पछिल्लो नतिजा अनुसार उनले १४८१ मत ल्याएर अग्रता कायम गरेको निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन्।
उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश श्रेष्ठले ३०८ मत ल्याएका छन्। त्यसपछि नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले २८२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वसन्त मानन्धरले २०८ मत ल्याएका छन्।