भक्तपुर निर्वाचन क्षेत्र-२ मा सुरूआती चरणमा अग्रता लिएका नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई पछि पार्दै रास्वपाका उम्मेदवार राजीव खत्रीले अग्रता लिएका छन्।
शुक्रबार बिहान ४ बजेसम्मको मतगणनामा रास्वपाले १४०० मत ल्याएर अग्रस्थानमा आएको निर्वाचन अधिकृत राधिका सुवालले जानकारी दिइन्।
उनका अनुसार नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले १२०० र नेपाली कांग्रेसका कविर राणाले १७१ मत ल्याएका छन्।
अहिले सूर्यविनायक नगरपालिका-७ को मतगणना भइरहेको छ। बिहान ४ बजेसम्म ३०४० मतगणना भएको छ।